|

नुवाकोट : मेघाङ गाउँपालिकाको वडा नं १ मा वडाध्यक्षसहित सदस्यहरुमा नेकपा (एमाले) को समूह विजयी भएको छ।आइतबार भएको मतदानको मत परिणामअनुसार वडाध्यक्षमा एमालेका उम्मेदवार दलसिंह तामाङले ९२ मत प्राप्त गरी विजयी भएका छन्।

महिला सदस्यमा सुनमाया तामाङ ८९, दलित महिला सदस्यमा पद्मकुमारी दमिनी ८६ र खुला सदस्यहरुमा घोसे घले ८७ र पूर्णबहादुर तामाङले ९१ मत ल्याएर विजयी भएका छन्।

सो गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (एमाले) ले ९०, नेकपा (माओवादी केन्द्र) ले ६१ र नेपाली कांग्रेसले ४६ मत प्राप्त गरेका छन्। गाउँपालिकाको मतगणना जारी रहेको निर्वाचन अधिकृत कमलराज ढकालले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.