|

काठमाडौं  : आइतबार साँझ पाँचबजे निर्वाचन अवधि सकिएपछि  बेलुका ७ बजे देखि मत गणना सुरु गर्ने भनिएको थियो। तर मत पेटिका आउने र दर्तासम्बन्धी कार्य गरेर भित्र लैजान सबै मिलाउने समय लागेकोले बलुका १२ बजेबाट मत गणना गर्ने भनिए पनि सर्वदलीय बैठक बस्‍न नसकेको कारण बिहान सात बजेलाइ सर्वदलीय बैठक बसेर गणना गरिएको  थियो।

बिहान सात बजे दलका केही प्रतिनिधि सञ्चारकर्मी र सु्रक्षा निकायले भरिएको थियो तर सर्वदलीय बैठकमा भाग लिने  सबै  नेता हरु आठबजे तिर मात्रै गणना स्थलमा आइपुगे र बल्ल बल्ल करीब दश बजेतिर सबै सहमत भएर गणना सरु हुने लक्षण देखियो। गणना स्थलमा जाने उम्मेद्वार र उनका प्रतिनिधि कतिजना को को जान पाउने भन्नेबारे सुरक्षा निकाय र प्रतिनिधिको एकछिनको वाद विवादले गणना करिब १२ बजेतिर मात्रै  सुरु भयो।

यसैबीच पानि पनि परेर सुरक्षाकर्मी  सञचारकर्मि र आउने प्रतिनिधि निथ्रु्क भिजेका पनि थियो। जब ब्यालेट खुल्यो त्याहा भेटिएको चिटले एक छिन भित्रको माहोल ततायो। भेटिएको चिटलाइ त्याहाँ कर्मचारी एकछिन साइडमा के राखेका थिए सबै उपस्थित  उम्मेदवार र उनका प्रतिनिधि हरु त्यो के को किन लुकाउन खोजेको भन्दै  तातिन थाले। जब चिट सबैले देखाइयो जसमा लेखिएको थियो right to reject फोटो पत्रकार ले तेस्को फोटो भिडियो लिए त्यस पछि गणनाको प्रक्रिया सुरु भयो। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.