|

काभ्रे : खानीखोला गाउँपालिका वडा नम्वर १ मा माओवादी केन्द्रका च्याङ्ग्बा लामा ३४५ मतसहित वडा अध्यक्षमा विजयी भएका छन्। उनी सहित सिङ्गो प्यानल नै विजयी भएको छ।

त्यसैगरी १ नम्बर वडाबाट गाउँपालिका अध्यक्षमा माओवादीका इन्द्रबहादुर थिङ्ग छिन्ताङले ३६५, एमालेका कृष्णबहादुर खुलालले २३४, नेपाली कांग्रेसका गोपाल दर्लामीले ९१ मत प्राप्त गरेका छन्।

माओवादीको रोशी गाउँपालिकाको वडा नम्वर १२ मा पनि वडा अध्यक्षसहित सिङ्गो प्यानल नै विजयी भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.