समाज : सुरक्षा/अपराध

६ लाख ८० हजार घुससहित कर्मचारी पक्राउ
SHARES

जेठ १, २०७४

    दमक : नापी कार्यालय दमकका एक कर्मचारी सेवाग्राहीबाट घुस लिँदालिँदै पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको टोलीले सेवाग्राहीबाट ६ लाख ८० हजार घुस लिँदा लिँदै नापी कार्यालय दमकका सर्वेक्षक विनोदकुमार मण्डललाई पक्राउ गरेको हो।

    उनले सेवाग्राहीको ३० हजारमा हुने कामका लागि ६ लाख ८०हजार रकम मागेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीका डिएसपी रमेश बस्नेतले बताए। उनले भने, ‘एक सेवाग्राहीको काम गर्ने भन्दै उनले उक्त घुस लिँदै रहेछन्, हाम्रो टोली गएर उनलाई नियन्त्रणमा लिएका हौैं अब आवश्यक कारबाहीका लागि अदालतमा मुद्दा दर्ता गछौं।’

    मण्डललाई सोमबार दिउँसोको अख्तियारको टोलीले उनकै कार्यकक्षबाट रंगेहात पक्राउ गरेको हो। उनले दमकका एक जग्गा व्यवसायीको प्लटिङको जग्गाको काम मिलाइदिने भन्दै घुस लिएको अख्तियारको दाबी छ। पछिल्लो समय नापी मालपोतलगायत जनतासँग प्रत्यक्ष सरोकार राख्ने निकायमा घुस लिनेको संख्या बढेको भन्दै अख्तियारले निगरानी बढाएको बताएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]