|

काठमाडौं : ताररहित  विधिबाट मोबाइल फोनका ब्याट्री चार्ज गर्न सकिने भएको छ। मोबाइल  फोन  बनाइए देखि त्यसलाई चार्ज गर्ने विषय झन्झटिलो मानिँदै आएको छ। 

झन्झटिलो यस मानेमा कि बाहिर जाँदा चार्जिङ तार लिएर जानु पर्ने, तार बटारिने र तार चुँडिने। तार रहित चार्जिङ विधिले यी सबै समस्याबाट मुक्ति दिएको  छ।

कसरी हुन्छ चार्ज 

यसलाई जान्न विज्ञानको व्याख्या बुझ्नुपर्छ। विज्ञानले भन्छ, इलेक्ट्रोनहरू परमाणुभित्र धेरै नै सक्रिय  कण  हुन्।  

ती नकारात्मक आवेग भएका इलेक्ट्रोनलाई तारमा प्रवाह हुन बाध्य पारिँदा विद्युत् प्राप्त हुन्छ।  त्यसरी  विद्युत्  प्रवाह  भइरहेको तारको कुन्डली बनाउँदा त्यहाँ चुम्बकीय क्षेत्र सिर्जना हुन पुग्छ। यसै कारण विद्युतीय मोटर चल्ने गर्छन्। विद्युत् प्रवाह भइरहेको तारको कुन्डलीलाई फलामको कुन्डलभित्र राखिएको   अर्को  विद्युत् विहीन कुन्डली  नजिक  लगेर चुम्बकीय क्षेत्रलाई  निर्देशित गर्न सकिन्छ।  
यस  प्रक्रियामा  विद्युत् ऊर्जा  दोस्रो कुन्डलीमा प्रवाहित हुन थाल्छ।  

यसै कारणले ट्रान्सफर्मरमा भोल्टेज परिवर्तन हुने हो। कुन्डलीमा इलेक्ट्रोनहरू स्पन्दित भइरहेका हुन्छन्  तथा त्यस  अवस्थामा  हामीले तारको अर्को कुन्डलीलाई  अझै पर लग्यौँ भने उत्सर्जकबाट फोनको  रिसिभिङ एन्टेनालाई प्रभावित पार्न सकिन्छ।

फोनलाई त्यसको  दायरामा ल्याउँदा विद्युत चुम्बकीय क्षेत्रले  त्यसको कुण्डलीमा समेत विद्युत् स्पन्दन प्रवाहित गर्न थाल्छ। अनि चार्ज हुन्छ मोबाइल फोन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.