|

पर्सा : भारतबाट गाडीमा लुकाई छिपाई ल्याएको ठूलो परिमाणको लागुऔषधसहित कार र चालकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

भारतीय नम्बरको मारुती कारको सिटमुनी फल्सबटम बनाई ल्याएकाे ठूलो परिमाणको तयारी लागुऔषध र चालकलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको हो।

मुलुकको प्रमुख भन्सार नाकाबाटै खुलेआम नेपाल छिराइसकेको अवस्थामा भारतीय नम्बरको बीआर ०७ वाई ८२०१ नम्बरको सुजुकी मारुती अल्टो कारमा ल्याएको ६ हजार ५ सय ८९ थान तयारी अवस्थाको प्रतिबन्धित लागुऔषध बरामद गर्न सफल भएको पर्साका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले बताए।

'यति धेरै परिमाणको प्रतिबन्धित लागुऔषध बरामद भएपछि कार र चालकलाई छोड्ने कुरा भएन, उनले भने। प्रहरीले पक्राउ गरेका ती व्यक्ति भने पर्साको वीरगन्ज महानगरपालिकाकै वडा नम्बर १० बस्ने ३१ वर्षीय अनिल कुमार रहेको प्रहरी उपरीक्षक बस्नेतले बताए।

पर्सा प्रहरीको क्राइमटोलीका इन्चार्ज प्रहरी निरीक्षक प्रज्वल थपलियाको कमाण्डमा खटेको प्रहरी टोलीले विशेष सूचनाका आधारमा भारी परिमाणको लागुऔषध बरामद गर्न सकेको पर्सा प्रहरीले जनाएको छ।

प्रहरीले बरामद गरेको लागुऔषध मध्ये डाइजोपाम १ हजार एक सय ५५ एम्पुल, नाइट्रोभेट ट्याब्लेट १ हजार ७ सय ८५ थान, नुर्फिन ९ सय ७८ थान, फेनार्गन ८ सय ८६ थान गरी कुल ६ हजार ५ सय ८९ थान रहेको पनि पर्सा प्रहरीले जनाएको छ।

लागुऔषध, कारसहित पक्राउ परेका अनिल कुमारलाई लागुऔषध सम्बन्धी कसुरमा कारबाही प्रकृया अगाडि बढाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.