|

सल्यान : ढोरचौर गाउँपालिका वडा नम्बर ४ मा अध्यक्षको मत गणनाका क्रममा कांग्रेस र एमालेका उम्मेदवारको मत बराबर देखिएपछि पुनः गणना थालिएको छ।
कांग्रेसका दिनेश बीएम र एमालेका देवेन्द्र रोकाले बराबर ३२१ मत ल्याएका हुन्। 

पुनः गणना गर्दा पनि बराबर भए गोलाप्रथाद्वारा विजयी घोषणा गरिने त्यहाँका निर्वाचन अधिकृतले जनाएका छन्। वडा नं. ४ का सदस्यहरूमा भने एमालेले जितेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.