|

काभ्रेपलाञ्चोक : डाँडापारिस्थित महाभारत गाउँपालिकामा माओवादी केन्द्रले अग्रता लिएको छ। अध्यक्षमा माओवादी केन्द्रको कान्छालाल जिम्बाले ६५८ मत ल्याएका छन् भने कांग्रेसका रकमसिं घलानले ३६४ र  एमालेका राजकुमार कुँवरले १०६ मत प्राप्त गरेका छन्। 

हालसम्ममा वडा नं. १  र २ को मत गणना सम्पन्न भएको छ। वडा नं. १ मा माओवादी केन्द्रका कान्छामान जिम्बा ४३० मत पाएर विजयी भएका छन्। कांग्रेसका देवराज योञ्जनले २०२ मत प्राप्त गरे। महिला सदस्यमा विकुमाया श्रेष्ठ र दलित महिला सदस्यमा दुर्गामाया परियार विजयी भए। ढकबहादुर दर्लामी र वीरध्वज योञ्जन सदस्य निर्वाचित भए।

त्यस्तै वडा नं. २ मा मीनबहादुर वाइबा ३४० मत ल्याएर वडाध्यक्षमा विजयी भए। निकटतम प्रतिद्वन्द्वी कांग्रेसका ज्ञानबहादुर स्याङतानले २०१ मत ल्याए। महिला सदस्य मन्दोमाया गोले र दलित महिला सदस्यमा कान्छीमा याल वि.क, निर्वाचित भए भने ठलबहादुर जिम्बा र बुद्धिमान जिम्बा सस्दस्यमा विजयी भए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.