|

काठमाडौं : फ्रान्सलाई हराउँदै जर्मनी महिला युरो कप फुटबलको फाइनलमा प्रवेश गरेको छ।

दोस्रो सेमिफाइनलमा बुधबार राति फ्रान्सलाई २–१ गोल अन्तरले हराउँदै ८ पटकको विजेता जर्मनी उपाधि नजिक पुगेको हो।

जर्मनीको जितमा एलेक्सान्ड्रा पोप्प नायक बनिन्। खेलको ४० औं मिनेटमा पोप्पले गोल गर्दै जर्मनीलाई सुरुआती अग्रता दिलाएकी थिइन्। तर,४४ औं मिनेटमा जर्मनीकी मेर्ले फ्रोह्म्सले आत्मघाती गोल गरेपछि फ्रान्सले १–१ गोलको बराबरी गर्यो।

त्यसपछि खेलको ७६ औं मिनेटमा पोप्पले व्यक्तिगत दोस्रो गोल गर्दै जर्मनीलाई २–१ को जित दिलाईन्। अब जर्मनीले उपाधिका लागि घरेलु टोली इंग्ल्यान्डको सामना गर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.