|

ललितपुर : महानगरपालिकाको जारी मतगणनामा एमालेका तर्फबाट प्रमुखका उम्मेदवार हरिकृष्ण व्यञ्जनकार अग्रस्थान छन्। वडा १ र २ को अन्तिम मत परिणामअनुसार एमालेका व्यञ्जनकारले दुई हजार ६२५ मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काग्रेसका चिरिबाबु महर्जनले दुई हजार १७७ मत प्राप्त गरेका छन्। माओवादी केन्द्रका दिनेश महर्जनले ८४७ पाएका छन्। 

उपप्रमुख पदमा कांग्रेसकी गीता सत्यालले एक हजार ४०३ र राप्रपाका बाबुबाजी प्रधानले एक हजार २७२ मत प्राप्त गरेका छन्। वडा नं १ र २ को मतगणना सकिएलगत्तै अहिले वडा ३ र ४ को मत गणना भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। 

वडा नं. २ मा एमाले 

यसैबीच, लमनपा–२ को अध्यक्ष पदमा एमालेका राजेश महर्जनको समूह विजयी भएको छ। महर्जनले एक हजार ८३८ मत पाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.