|

रसुवा : जिल्लामा सम्बन्धविच्छेदको मुद्दा बढेको छ। रसुवा जिल्ला अदालतमा गत आर्थिक वर्ष २०७८\७९ मा दायर भएका देवानी तथा फौजदारीसमेत विभिन्न किसिमका ६४ थान मुद्दामध्ये ५० प्रतिशतभन्दा बढी सम्बन्धविच्छेदका छन्। 

अघिल्लो आर्थिक वर्षमा २९ जोडीले सम्बन्धविच्छेद गरेका थिए। गत आवमा ३५ पुगेको छ । विगतको तुलनामा गत वर्ष सम्बन्धविच्छेदको सङ्ख्या २० दशमलव ६८ प्रतिशतले वृद्वि भएको रसुवा जिल्ला अदालतले जनाएको छ ।

यस्तै जिल्ला अदालतमा जबर्जस्ती करणी, चोरी, ठगी, ज्यान मार्ने उद्योग, सवारी ज्यान, अपहरण, जग्गा खिचलोजस्ता विविध प्रकारका मुद्दा दायर भएका थिए ।

विगतको जिम्मेवारी सरेका र गत वर्ष दायर भएका समेत ९९ मुद्दा विचाराधीन रहेकोमा ५९ थान फर्छ्योट भइसकेको अदालतकी स्रेस्तेदार (उपसचिव) मुना अधिकारी ढकालले बताइन्। उनका अनुसार ४० वटा फैसला प्रक्रियामा अगाडि बढेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.