|

हुम्ला : हुम्लाको खार्पुनाथ गाउँपालिका ८ का वासिन्दाले पुन मतदान गर्न पाउनुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेका छन्।

वैशाख ३१ गतेको निर्वाचनमा आफूहरुलाई मतदान गर्नबाट वञ्चित गरिएको भन्दै उनीहरुले मतदाता परिचयपत्रसहित प्रशासन कार्यालय अगाडि प्रदर्शन र नाराबाजी गरेका हुन्।

खार्पुनाथ गाउँपालिका ८ को मतदान केन्द्रमा मतदान गर्ने ८ सय मध्ये करिब ६ सय जनाले मतदान गर्न नपाएका अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार प्रकाशबहादुर शाहीले जानकारी दिए।

खानेपानी तथा सरसफाइ मन्त्री जीवनबहादुर शाहीको गाउँमा रहेको उक्त मतदान केन्द्रमा मन्त्रीकै अगुवाईमा मतदान गर्नबाट वञ्चित गरिएको उम्मेदवार शाहीले आरोप लगाए।

खार्पुनाथ गाउँपालिकाको अध्यक्षमा कांग्रेसका भीमबहादुर शाही उम्मेदवार थिए। तर उनको उम्मेदवारीबाट असन्तुष्ट बनेका कांग्रेस कार्यकर्ता प्रकाशबहादुर शाहीले स्वतन्त्र उम्मेदवारी दिएका थिए। मन्त्री शाहीले आफ्नो जित हुने देखेर मतदातालाई भोट हाल्नै नदिएको उम्मेदवार प्रकाशबहादुर शाहीले दावी गरे। मंगलबार सदरमुकाममा गरिएको प्रदर्शनमा २ सय ५० भन्दा धेरै मतदाताले मतदान गर्न पाउनुपर्ने माग गर्दै प्रदर्शन गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.