|

सल्यान : सल्यानको दार्मा गाउँपालिकामा नेकपा माओवादी केन्द्रले विजयी सुरुवात गरेको छ। नेपाली कांग्रेस र एमालेको समीकरणलार्इं तोड्दै माओवादी उम्मेदवार निमबहादुर केसी र उपाध्यक्षमा टीका शर्मा वलीले जितेका हुन्।

केसीले ३ हजार ६ सय ९४ मत ल्याएर विजयी भएका हुन्। एमाले कांग्रेसको संयक्त प्यानलका उम्मेदवार कांग्रेसका रामचन्द्र केसीले २ हजार ७ सय ७१ ल्याए।

उपाध्यक्षमा माओवादी केन्द्रकी वलीले ३ हजार ६ सय ९५ मत प्राप्त गरिन् भने संयुक्त प्यानलका दलबहादुर केसीले २ हजार ६ सय १९ मत प्राप्त गरे। यस्तै दार्माका ६ वडामध्ये ५ वडामा माओवादीले जितेको छ भने १ वडामा मात्र सयुक्त प्यानलले जित हासिल गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.