सल्यान ढोरचौर गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमालेको जित

|

  • दीपक शर्मा-

सल्यान :  सल्यानको ढोरचौर गाउँपालिकामा नेकपा एमालेले जित हात पारेको छ। निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार नरवीर चलाउनेलाई ३ सय ८७ मतले पराजित गर्दै एमालेका चित्रबहादुर चलाउने गाउँपालिकाको अध्यक्ष बनेका हुन्। उनले १ हजार ९ सय २५ मत प्राप्त गरेका थिए भने माओवादी केन्द्रका नरवीर चलाउनेले १ हजार ५ सय ३८ मत प्राप्त गरेका थिए।

यस्तै, उपाध्यक्षमा एमालेकै पुष्पा बोहराले माओवादी केन्द्रकी भूमि बुढाथोकीलाई पराजित गर्दै उपाध्यक्षमा जितेकी छन्। उनले १ हजार ९ सय ४६ मत प्राप्त गरिन् भने प्रतिद्वन्द्वी बुढाथोकील १ हजार ५ सय ९९ मत प्राप्त गरिन्। ५ वटा वडा रहेको ढोरचौर गाउँपालिकामा वडा नम्बर १ र २ माओवादी केन्द्रका उम्मेदवारहरु विजयी भएका थिए। ढोरचौर गाउँपालिका ४ को वडा अध्यक्ष भने बराबर मत भएपछि गोलाप्रथाबाट चयन गरिएको छ।

नेपाली कांग्रेसका दिनेश विएम र नेकपा एमालेका देवेन्द्र रोका दुवैले बराबर मत ३ सय २१ प्राप्त गरेपछि गोलाप्रथाबाट कांग्रेसका दिनेश बिएमलाई विजयी बनाइएको छ। अध्यक्षबाहेक सवै वडाहरुमा एमालेका उम्मेदवारहरु विजयी भएका थिए। ९ स्थानीय तहमध्ये बाँकी ७ वडामा तीनमा माओवादी केन्द्र दुईमा एमाले, एकमा नेपाली कांग्रेस र एकमा राप्रपाले अग्रता कायम गरेको छ।

जिल्लाभरि ३५ वडाको नतिजा सार्वजनिक, जसमा माओवादी १५ एमाले १२ र कांग्रेसको ८ वडामा जित

 माआवादी केन्द्रले जितेका वडाहरु

 १  कपुरकोट गाउँपालिकाको वडा नम्बर १ मा बालाराम खड्काको नेतृत्वमा पूरै टिम,

 २  ढोरचौर गाउँपालिका १ मा रामबहादुर बस्नेतको नेतृत्वमा पूरै टिम,

३  ढोरचौर गाउँपालिका २ मा रुद्र बहादुर बुढाथोकीको नेतृत्वमा पूरै टिम,

४  दार्मा गाउँपालिका ५ मा दुर्गा मल्लको नेतृत्वमा पूरै टिम

५  दार्मा गाउँपालिका ६ मा रामबहादुर केसीको नेतृत्वमा पूरै प्यानल विजयी

६ बागचौर नपा ११ मा मोहन खड्काको पूरै टिम

७  बागचौर नपा १२ मा दीपक वलीको पूरै टिम

८ छत्रेश्वरी गापा २ बाट प्रेम खड्काको पूरै टिम

९ कपुरकोट गाउँपालिका २ मान बहादुर रानाको पूरै टिम

१० रामपुर गाउँपालिका ६ मा टेकबहादुर पुलामीसहित पूरै टिम

११ दार्मा  गाउँपालिका ४ मा चन्द्रबहादुर रावतसहित पूरै टिम

१२ दार्मा गाउँपालिका ३ मा शक्तिबहादुर रोकायसहित पूरै टिम

१३ वनगाड कुपिण्डे २ मा प्रतिमल रोकासहित पूरै टिम

१४ बागचौर नगरपालिका १० मा कृष्ण खड्कासहित पूरै टिम

१५ दार्मा गाउँपालिका २ मा डिल्ली केसीसहित पूरै टिम

नेकपा एमालेले जितेका वडाहरु

१ शारदा नगरपालिका १ बाट एमालेका नवराज बुढाथोकी वडा अध्यक्षसहित पूरै प्यानल विजयी

२ शारदा नगरपालिका २ बाट केशव सिंह श्रेष्ठको  टिम

३ शारदा नगरपालिका ३ बाट टोपबहादुर थापा

४ त्रिवेणी १ मा छवि केसीको पूरै टिम

५ ढोरचौर गाउँपालिका ३ मा शालीकराम बुढाथोकीको पूरै प्यानल

६ बनगाड कुपिण्डे नगरपालिका १२ मा गोविन्द डांगीको पूरै टिम

७ बागचौर नपा २ मा घनश्याम शर्माको पूरै टिम विजयी

८ दार्मा गापा १ मा कविकुमार चन्दसहित पूरै प्यानल

९ छत्रेश्वरी गाउँपालिका ३ मा राज बहादुर बुढाथोकीसहित पूरै प्यानल

१० ढोरचौर गाउँपालिका ५ मा नन्दलाल बोहरासहित पूरै प्यानल

११ कालिमाटी गाउँपालिका ५ मा चन्द्रबहादुर गाहासहित पूरै टिम

१२ कुपिण्डे बनगाड नगरपालिका १ मा शान्त कुमार यरीसहित पूरै प्यानल

नेपाली कांग्रेसले जितेका वडाहरु

१ वागचौर नगरपालिका १ मा नेत्रप्रसाद डाँगीसहित पूरै प्यानलमा विजय

 २ छत्रेश्वरी गाउँपालिका १ मा नेव बहादर शाहसहित पूरै प्यानल विजय

३ कालीमाटी गाउँपालिका ७ मा नयन सिहं रानाको पूरै प्यानल विजयी

४ त्रिवेणी गाउँपालिका २ मा मेघराज खड्का सहित पूरै टिम

५ शारदा नपा ४ मा सुदन विष्ट विजयी अन्य सबै सदस्य एमाले

६ कपुरकोट गाउँपालिका ३ मा मीनबहादुर सेन सहित पूरै प्यानल

७ शारदा नपा ५ मा प्रदीप शाहीसहित पूरै टिम

८ ढोरचौर गाउँपालिका ४ दिनेश विएम (गोलाप्रथाबाट)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.