|

लमजुङ : जिल्लाको  बेसीशहर नगरपालिकाको–१ को वडाअध्यक्षमा नेपाली कांग्रेसका बलराम श्रेष्ठ विजयी भएका छन्। उनले ५३९ मत प्राप्त गरेका छन्। उनको निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार भरतदेव जोशीले ५ सय १ मत ल्याएका छन्।

यस्तै बेसीशहर नगरपालिका–२ मा नेपाली कांग्रेसकै गणेशबहादुर कँडेल विजयी भएका छन्। उनले ९ सय ३५ मत ल्याएका छन्। उनका प्रतिद्वन्द्वी एमालेका गोविन्दबहादुर खड्काले ७ सय ९९ मत ल्याए। यस्तै, वडा नं ३ मा एमाले–माओवादी गठवन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका सूर्यकुमार श्रेष्ठ ६ सय ४८ मतका साथ विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी कांग्रेसका रामकृष्ण देउजाले ६ सय मत ल्याएका छन्।

लमजुङको सुन्दरबजार नगरपालिका–१ को वडा अध्यक्षमा एमालेका सूर्यबहादुर दुरा ३६१ मत सहित विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका निलकण्ठ अधिकारीले २७३ प्राप्त गरेका छन्। सुन्दरबजार नगरपालिका वडा नं २ को मतगणना भइरहेको निर्वाचन अधिकृतको कार्यालयले बताएको छ ।

 

लमजुङको मत अपडेट हेर्नुहोस्

बेशीसहर नगरपालिका प्रमुख

एमाले २३१७

नेपाली कांग्रेस २२७८

उपप्रमुख

एमाले २२५३

नेपाली कांग्रेस २१८३

 

सुन्दरबजार नगरपालिका

प्रमुख एमाले ८२७

नेपाली कांग्रेस २०२

उपप्रमुख माओवादी ४९३

उपप्रमुख नेपाली कांग्रेस ३८१

 

राइनास नगरपालिका

प्रमुख एमाले ५७६

प्रमुख नेपाली कांग्रेस ४६९

उपप्रमुख माओवादी ५४३

उपप्रमुख नेपाली कांग्रेस ४४३

 

मध्यनेपाल नगरपालिका 

प्रमुख नेपाली कांग्रेस रमेशकुमार पाण्डे ३१४२

प्रमुख माओवादी केन्द्रका मोहनहरी पौडेल २६०७

उपप्रमुख कांग्रेसका सीता शाही ३३६०

उपप्रमुख एमालेका राजकुमार श्रेष्ठ २९९८

 

मर्स्याङ्दी गाउँपालिका

अध्यक्ष एमाले १६०३

अध्यक्ष नेका १०००

उपाध्यक्ष माओवादी केन्द्र १३६६

उपाध्यक्ष राप्रपा ८७१

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.