|

धनकुटा : अविरल वर्षाका कारण पहिरोले पुर्दा महालक्ष्मी नगरपालिका २ मा दुई जना घाइते भएका छन्। शुक्रबार बिहान पहिरोले महालक्ष्मी २ को लाफ्टाङमा २ घर पर्दा दुईजना घाइते भएको प्रहरीले जनाएको छ। 

पहिरोले स्थानीय तिलकबहादुर कटुवाल र कोषमाया बुढाथोकीको घर भत्किएको प्रहरीले जनाएको छ। पहिरोले कटुवालको घर पुर्दा घर पुर्दा, ८४ वर्षीय कटुवाल र उनकी छोरी अन्दाजी ४५ वर्षकी मित्रमाया कटुवाल दुवै जनाको दुवै हात भाँचिएको जिल्ला प्रहरी प्रवत्ता डिएसपी चिरञ्जीवी दाहालले जानकारी दिए। 

उनीहरू दुवैलाई उपचारको लागि सुनसरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको दाहालले जानकारी दिए। 

पहिरोले पुर्दा बुढाथोकीको घर, अन्नपात, सुनचाँदी, नगद गरी करिब ४० लाख र कटुवालको घर र सुनचाँदी गरी ३० लाख बराबरको क्षति भएको दाहालले जानकारी दिए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.