|

सल्यान : त्रिवेणी गाउँपालिका अध्यक्षमा कांग्रेसका मानबहादुर डाँगी विजयी भएका छन्। उपाध्यक्षमा कांग्रेसकै करूणा खड्का निर्वाचित भएकी छिन्। 

अध्यक्षमा विजयी डाँगीले २ हजार ७ सय ६५ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लोकेन्द्रसिंह खड्काले २ हजार ३ सय १७ मत प्राप्त गरे।

उपाध्यक्षमा विजयी करुणा खड्काले २ हजार ६ सय ४५ मत प्राप्त गरिन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी पवित्रा केसीले २ हजार ३ सय ७७ मत प्राप्त गरिन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.