|

सिन्धुली: सिन्धुलीको गोलन्जोर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ।

नेपाली कांग्रेसबाट अध्यक्षको उम्मेदवार रहेका पुष्पबहादुर कार्की ३ हजार ३ सय ७६ र उपाध्यक्ष पदकी उम्मेदवार गङ्गादेवी श्रेष्ठ ३ हजार २ सय ८७ मत प्राप्त गर्दै विजयी भए।

अध्यक्ष पदमा कार्कीका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले) टीकाबहादुर देवकोटाले २ हजार ५ सय ८४ मत ल्याए। त्यस्तै उपाध्यक्षकी निकटतम प्रतिद्वन्द्वी धनकुमारी पुलामीले २ हजार ६ सय ४५ मत प्राप्त गरिन्।

गोलन्जोर वडा नम्बर १ मा माओवादी केन्द्रका मीनबहादुर सुनुवारले ५२८, वडा नम्बर २ मा काँग्रेसका दौलत कार्की ४७७, वडा नम्बर ३ मा काँग्रेसका पुस्कर बराल ४४२, वडा नम्बर ४ मा एमालेका बेगबहादुर मगर ६७६, वडा नम्बर ५ र ६ मा नेपाली काँग्रेसकै बुद्धिबहादुर पाल्पाली ५३० र पुरुषोत्तम श्रेष्ठले ५३७, वडा नम्बर ७ मा एमालेका रोमबहादुर देवकोटा ५९५ मत प्राप्त गरी विजयी भए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.