|

हुम्ला : जिल्लाको दक्षिणी भेग अदानचुली गाउँपालिकामा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ।

अदानचुली–१ का ६३ वर्षीय धनबहादुर थापाको भिरबाट खसेर मृत्यु भएको हो । 

सोमबार बिहानै घाँस काट्न हिँडेका थापा मंगलबार साँझसम्म पनि नफर्केपछि खोजी  गर्दा अदानचुली गाउँपालिका–१ को सिरुपाटामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

गोठालाले खोजी गरेपछि उनी मृत भेटिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.