|

काठमाडौं व्यवसायीरूले आन्तरिक ढुवानीका क्रममा बिच बाटोबाटै इन्धन चारेर बेच्न थालेपछि आयल निगमले ट्यांकरहरूमा आफ्नै साँचो लगाउने भएको छ। नयाँ प्रावधानअनुसार ट्यांकरमा लगाइएको ताल्चोको चाबी एउटा भारतीय आयल कर्पोरेसनसँग हुनेछ भने अर्को आयल निगमको डिपो प्रमुखसँग हुनेछ।

ट्यांकरमा लगाउने भनिएको ताल्चा भारतीय आयल निगमले निःशुल्क उपलब्ध गराएको होे। उक्त ताल्चाहरू हरेकको चाबी फरक–फरक भए पनि ‘मास्टर की’ मार्फत सबै एकैपटक खोल्न सकिनेछ।

निगमका प्रवक्ता सीताराम पोखरेलले पहिलो चरणमा भारतीयआयल कर्पोरेसनबाट नै एक सय ट्यांकरमा ताल्चा लागेर आउने बताए। उनले भने, ‘पहिलो चरणमा रक्सौलदेखि अमलेखगञ्ज वा रक्सौलदेखि काठमाडौं इन्धन ढुवानी गर्ने ट्यांकरमा लागु हुनेछ। त्यसपछि विस्तारै देशभर लागु हुनेछ।’

यसरी साँचो लगाएपछि चुहावट नियन्त्रणमा सहयोग पुग्ने र दुर्घटनामा पनि तेल सुरक्षित रहने विश्वास गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.