|
फोटो : रासस

काठमाडौं : संसदको संसदीय सुनुवाई विशेष समितिले सर्वोच्च अदालतको न्यायाधीशका लागि प्रस्तावित ११ जनाको सुनुवाई सकेपनि निर्णय गरेन।

समितिले ११ जनाको बुधबार र विहीबार दुई दिन लगाएर सुनवाई सकेपनि समय अभावका कारण प्रस्तावित न्यायाधीशको बिषयमा निर्णय भने नगरेको हो।
न्याय परिषद्ले सिफारिस गरेका ११ जनाकै सुनुवाई सकिएपनि प्रत्येक प्रस्ताविक व्यक्तिको एक/एक गरेर प्रस्तावमाथि छलफल गरी निर्णयमा पुग्न बिहीबार नैं नभ्याइने भएकाले बैठक आइतबार पुन बस्ने गरी स्थगित गरिएको समिति सभामति कुलबहादुर गुरुङले बताए।

बैठकपछि सभापति गुरुङले सञ्चारकर्मीसँग भने ‘दुई दिनभरी सुनुवाईमा बसियो, समिति सदस्य साथीहरु पनि थाक्नुभएछ, आज सबैको बारेमा निर्णय गर्न नसकिने भएकोले आइतवारसम्म स्थगित गरियो।’

सभापति गुरुङले शुक्रबार आफ्नो स्वास्थ्य परीक्षण भएकाले नभ्याइने भन्दै आइतबारसम्म बैठक स्थगित गरेको बताए। न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशका लागि गत फागुन १८ गते पुनरावेदन अदालतका मुख्य न्यायाधीशमध्येबाट सात र नेपाल बार एसोसिएसनको सिफारिसमा चार वरिष्ठ अधिवक्तालाई सिफारिस गरेको थियो।

परिषद्ले बुधबार विहानदेखि बेलुकी पाँच बजेसम्म सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको सुनुवाई गरेको थियो।

त्यस्तै, बिहीबार समितिले ईश्वरीप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा, प्रकाशमान सिंह राउत र सपना प्रधान मल्लको सुनुवाई गरेको छ।

संसदीय सुनुवाई विशेष समितिमा कांग्रेसको तर्फबाट सभापति कुलबहादुर गुरुङसहित सांसदहरु चित्रलेखा यादव, आनन्दप्रसाद ढुंगाना, बालकृष्ण खाँड, डा. प्रकाशशरण महत र चिनकाजी श्रेष्ठ छन् । एमोलेका तर्फबाट अष्टलक्ष्मी शाक्य, डा. गणेशमान गुरुङ, धर्मनाथ प्रसाद साह र भानुभक्त ढकाल छन्।

समितिमा माओवादी केन्द्रबाट हितराज पाण्डे र अनिताकुमारी परियार, राप्रपा नेपालबाट सयन्द्र वान्तवा र फोरम लोकतान्त्रिकबाट योगेन्द्र चौधरी सदस्य छन्। संविधान बमोजिम समिति १५ सदस्य भएपनि संघिय समाजवादी फोरमले सांसदको नाम सिफारिस नगरेकोले खाली खाली छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.