|

नुवाकोट : किस्पाङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा का‌ंग्रेसका उम्मेदवार विजयी भएका छन्। कांग्रेसका उम्मेदवार छत्रबहादुर लामा २,५६८ मत ल्याएर अध्यक्ष निर्वाचित भएका हुन्।  निकटतम प्रतिद्वन्द्वी एमालेका वीरबल तामाङले १६६५ मत ल्याए। 

का‌ंग्रेसकी मायादेवी न्यौपाने २,३९४ मत ल्याएर उपाध्यक्षमा निर्वाचित भएकी छिन्। निकटतम प्रतिद्वन्द्वी मेन्चुङ लामा तामाङले १८३४ मत ल्याएकी निर्वाचन अधिकृत हरिप्रसाद घिमिरेले जानकारी दिए। 

वडामा भने १ मा माओवादी केन्द्रका उम्मेदवार आइत घले, २ मा कांग्रेसका देवनाथ भट्ट, ३ मा कांग्रेसका अमृतबहादुर तामाङ, ४ मा एमालेका एकराज घले र ५ मा काग्रेसका नरहरि भट्ट अध्यक्ष निर्वाचित भएका छन्। नुवाकोटमा रहेका ८८ मध्ये ३८ वडाको नतिजा सार्वजनिक भइसकेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.