|

नुवाकोट : स्थानीय तह निर्वाचनमा नुवाकोटमा ३६ वडाको नतिजा सार्वजनिक भएको छ जसमा नेपाली कांग्रेसका उम्मेदबार १६ वटा वडामा वडाअध्यक्षमा निर्वाचित भएका छन्। 

नेकपा एमाले १३ वटा वडामा निर्वाचित भएको छ भने नेकपा माओवादी केन्द्रले ७ वडामा वडाअध्यक्ष विजयी भएको छ।

नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्षमा तादी गापा–१ वडा अध्यक्षमा नकुरदोङ तामाङ, तादी–४ मा मुक्तबहादुर श्रेष्ठ, किस्पाङ–२ मा देवनाथ भट्ट, किस्पाङ–३ मा अमृतबहादुर तामाङ, किस्पाङ–५ मा नरहरि भट्ट, तारकेश्वर–६ मा ज्ञानेन्द्र लामा, दुप्चेश्वर–१ मा सुनबहादुर तामाङ, दुप्चेश्वर–३ मा धु्रवकर केसी, दुप्चेश्वर–४ इरमान तामाङ, मेघाङ–२ मा रुपबहादुर तामाङ, विदुर नपा–२ मा वीरेन्द्रकुमार शाही, विदुर–३ मा बद्री रिमाल, लिखु–१ मा नरहरी पाण्डे, सूर्यगढी–२ मा वासुदेव अधिकारी, शिवपुरी– १ मा महेन्द्रराज खत्री, शिवपुरी–२ मा रुद्रबहादुर गुरुङ विजयी भएका छन्।

एमाले तर्फबाट वडा अध्यक्षहरुमा विदुर नपा–१ मा लेनिन रन्जित, विदुर–४ मा टलकमान श्रेष्ठ, तारकेश्वर–५ मा चूडामणि गजुरेल, तारकेश्वर–४ मा राममणि अधिकारी, दुप्चेश्वर–५ मा सन्तबहादुर तामाङ, तादी–३ मा मनोज उप्रेती, बेलकोटगढी नपा–१ मा सुब्बा तामाङ, बेलकोटगढी–२ मा रमेश न्यौपाने, ककनी–१ मा चन्द्रबहादुर बलामी, मेघाङ–१ मा दलसिंह तामाङ, किस्पाङ–४ एकराज घले, लिखु–२ को भीमबहादुर घले, पञ्चकन्या–२ मा धु्रवप्रसाद मिश्र विजयी भएका छन्।

माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्षहरुमा तादी–२ मा बच्चुराम तामाङ, किस्पाङ–१ मा आइत घले, दुप्चेश्वर–२ मा दाबा तामाङ, सूर्यगढी–१ मा इमानसिंह तामाङ, बेलकोटगढी नपा–३ मा जनक घिमिरे, बेलकोटगढी–४ मा चन्द्रबहादुर लामा, तादी–५ मा विष्णु अधिकारी विजयी भएका छन्।

नुवाकोटमा १२ वटा स्थानीय तह रहेका छन् भने ८८ वटा वडा रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.