|

चितवन : चितवनको खैरहनी नगरपालिका १३ स्थित जनकौली वननजिकै घुँगी टिप्न गएकी एक महिलाको लडेर मृत्यु भएको छ। बुधबार बिहान सातबजे घुँगी टिप्ने क्रममा ढुंगामा चिप्लिएर खैरहनी नगरपालिका वडा नम्बर १३ की ३० वर्षकी कनली महत्तोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

ढुंगाबाट चिप्लिएर लडेपछि उनी पानीमा डुब्न पुगेकी थिइन्। उनको घटनास्थलमै ज्यान गएको जनाइएको छ। पानीमा डुबेर उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको अहिले सो क्षेत्रमा खैरहनीबाट प्रहरी टोली घटनास्थपमा पुगेको जनाइएको छ।

मुचुल्का उठाएर शवलाई पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा पठाइएको खैरहनी प्रहरीले जनाएको छ। घूंगी थारुहरुको प्रख्यात खानेकुरा हो ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.