|

नवलपरासी : बुलिङटार गाउँपालिकाको अध्यक्षमा चार हजार ७०८ मत ल्याई कांग्रेसका शशीकरण बाँस्ताकोटी विजयी भएका छन्। 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विद्रोही गिरीले दुई हजार ५५० मत प्राप्त गरे। उपाध्यक्षमा कांग्रेसका मैना विक ४ हजार ६५३ मत प्राप्त गर्दै विजयी भइन्। उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी पार्वती थापाले २ हजार ६१३ मत प्राप्त गरिन्। 

यसअघि जिल्लाको हुप्सेकोट, विनयी त्रिवेणी र बुङ्दीकाली गाउँपालिकाको अध्यक्ष पदमा कांग्रेस विजयी भइसकेको छ। एउटा गाउँपालिकाको उपाध्यक्षमा एमाले र तीनवटा गाउँपालिकाको उपाध्यक्ष पदमा कांग्रेस विजयी भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.