|

सुर्खेत : स्थानीय तह निर्वाचनमा सुर्खेत जिल्लामा नेपाली कांग्रेसले दोस्रो जित हात पारेको छ। सुर्खेतको पश्चिममा रहेको बराहताल गाउपालिकामा नेपाली कांग्रेसका उम्मेदवारहरु विजयी भएका हुन्।

अत्यन्तै कडा प्रतिस्पर्धाकाबीच बराहताल गाउपालिकामा नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवार तेजबहादुर बस्नेतले ३२३१ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ताराकेशर गौतमले २९६४ मत ल्याएका छन्। यस्तै नेकपा माओवादी केन्द्रका बलबहादुर कठायतले १९८४ मत प्राप्त गरेका छन्।

यस्तै उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै शोभाकुमारी शर्मा ३३२२ मत सहित विजयी भएकी छन्। उपाध्यक्ष शर्माले अध्यक्ष तेजबहादुर बस्नेतले भन्दा ९१ मत बढी ल्याइन्। शर्माकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी आशा थापाले ३२०० मत ल्याएकी छिन्। नेकपा माओवादी केन्द्रकी गोमा गुरुङको १९०० मत रहेको छ।

यस्तै १० वटा वडा रहेको बराहताल गाउपालिकामा ४ वटा वडामा नेपाली कांग्रेस, ३ वटा वडामा नेकपा एमाले र २ वटा वडामा नेकपा माओवादी केन्द्र र एउटा वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।

यी हुन्, बराहताल गाउपालिकाका वडा अध्यक्षहरु

१. नेपाली कांग्रेस तुलाराम भारती

२. नेकपा एमाले युवराज कार्की

३. माओवादी केन्द्र दत्तबहादुर बरालमगर

४. माओवादी केन्द्र टेकबहादुर कठायत

५. नेपाली कांग्रेस तिलकबहादुर मर्स्याङ्गी

६. स्वतन्त्र उम्मेदवार खगेन्द्र गिरी

७. नेकपा एमाले कुलबहादुर बुचा

८. नेपाली कांग्रेस मणिराज कार्की

९. नेपाली कांग्रेस झक्कड पुलामी

१०. नेकपा एमाले हरिलाल सलामी

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.