|

सिन्धुपाल्चोक: सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका- १० को चण्डेश्वरी आधारभूत विद्यालयका क र ख मतदान केन्द्रमा विवाद भएपछि रोकिएको मतदान बिहीबार हुने भएको छ। 

बुधबार बसेको सर्वदलीय बैठकको निर्णयपछि बिहीबार निर्वाचन गर्ने सहमति भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख विजयकुमार कार्कीले जानकारी दिए। ‘भोलि निर्वाचन गर्न सबै राजनीतिक दल सहमत भएका छन्। अब शान्तिपूर्ण ढंगले भोलि निर्वाचन हुन्छ’, कार्कीले भने।

विवाद सिर्जना भएको निर्वाचन केन्द्रमा एक हजार ९९० मतदातामा ६५८ ले मतदान गरेपछि विवाद सुरु भएको थियो। अझै एक हजार ३२० मतदाता मतदान गर्नबाट बञ्चित रहेका थिए।

मतदानको क्रममा विवाद सिर्जना भएपछि विवाद रोक्नका लागि प्रहरीले गोलीसमेत चलाएको थियो। दिनभर मतदान गर्न घाममा उभिएर लाइनमा बसेका मतदाता बेलुका त्यसै घर फर्केका थिए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.