|

  • सन्तोष अधिकारी-

गोरखाः स्थानीय तहको पहिलो चरणको निर्वाचनको मत परिणाम सार्वजनिक भइरहँदा गोरखामा चारवटा गाउँपालिकामा नेपाली कांग्रेसले जीत हासिल गरिसकेको छ। 

११ स्थानीय तहमध्ये अहिलेसम्म मत परिणाम सार्वजनिक भएका चारवटै गाउँपालिकामा नेपाली कांग्रेसले बाजी मारेको हो। 

जिल्लाको चुम नुब्री गाउँपालिकामा नेपाली कांग्रेसका धनबहादुरले गाउँपालिका प्रमुख जितेका छन्। उपप्रमुखमा भने माओवादी केन्द्रकी कुमारी गुरुङले जीत हात पारिन्। धनबहादुरले माओवादी केन्द्रका लाक्पा ढुण्डुपलाई पछि पारेर र कुमारीले कांग्रेसकी छेवाङ लामालाई पछि पार्दै विजयी भएका हुन्।

जिल्लाको सिरान्चोक गाउँपालिकामा नेपाली कांग्रेसका राजु गुरुङ निर्वाचित भएका छन्। त्यस्तै उपप्रमुखमा कांग्रेसकै रीता देवकोटाले जीत हासिल गरिन्।

गुरुङले तीन हजार ४०२ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका नवराज पुडासैनीले भने तीन हजार २३५ मत प्राप्त गरे। 

नेपाली कांग्रेसले जिल्लाको गण्डकी गाउँपालिकामा पनि जीत हासिल गरिसकेको छ। गाउँपालिका प्रमुखमा कांग्रेसका होमबहादुर राना र उपप्रमुखमा ललिता अधिकारी विजयी भएको जिल्ला निर्वाचन अधिकृत राजेन्द्र पोखरेलले जानकारी दिए। 

जिल्लाको अजिरकोट गाउँपालिकामा पनि नेपाली कांग्रेसले नै जीत हात पारेको छ। अजिरकोटमा कांग्रेसका फणिन्द्र धिताल र कांग्रेसकै चन्द्रमाया गुरुङले जीत हात पारेका हुन्। धितालले माओवादी केन्द्रका दीपक देवकोटा र गुरुङले केन्द्रकै अनिता भुजेललाई हराएर गाउँपालिका जितेका हुन्। अजिरकोटमा नेपाली कांग्रेसको प्यानलले नै जीत हात पारेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.