|

तनहुँ : आँबुखैरेनी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका गिर बहादुर थापा विजयी भएका छन्। उनले २५ सय ८९ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका सन्त बहादुर केसीले २२४२ मत प्राप्त गरे।

यसैगरी उपाध्यक्षमा नेपाली कांग्रेसकी पुष्पा देवी श्रेष्ठले २२९७ मत प्राप्त गरेकी छिन्।  उनकी निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी मिना अधिकारीले २१६५ मत प्राप्त गरिन्।

यस्तै वडा अध्यक्षमा १ नम्बर वडामा नेकाका किसान थापा ,२ मा नेकाका कटकबहादुर थापा ,३ मा एमालेका पूर्ण बहादुर आले ,४ मा नेकाका नेत्र गुरुङ ,५ मा नेकाका पन्च बहादुर गुरुङ र ६ मा नेकाकै सुनारम गुरुङ निर्वाचित भए। प्राप्त जानकारी अनुसार ऋषिङ गाउँपालिकामा  नेपाली कांग्रेसका राजेन्द्रकृष्ण श्रेष्ठ विजयी भएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.