|

रामेछाप : रामेछापको दोरम्बा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। बुधबार बेलुका सकिएको मतगणनामा माओवादी केन्द्रका कमानसिंह तामाङ अध्यक्षमा र किसला घिसिङ उपाध्यक्षमा विजयी भएका हुन्।

दोरम्बा गाउँपालिकाका निर्वाचन अधिकृत प्रेमचन्द्र भुषालका अनुसार दोरम्बा गाउँपालिकाका ७ वडा मध्ये ५ वडामा माओवादी केन्द्रले प्यानल जितेको छ।

कुन वडामा को वडाध्यक्ष?

  • वडा नम्बर १ मा एमालेका ढालबहादुर रानामगर। मत ८६०
  • वडा नम्बर २ मा माओवादी केन्द्रका खड्गबहादुर श्रेष्ठ । मत ६६७
  • वडा नम्बर ३ मा एमालेका लालबदन मगर । मत ५८९
  • वडा नम्बर ४ मा माओवादी केन्द्रका चन्द्रबहादुर मगर। मत ५१२
  • वडा नम्बर ५ मा माओवादी केन्द्रका गंगाबहादुर तामाङ । मत ७०१
  • वडा नम्बर ६ मा माओवादी केन्द्रका अम्बिका गजुरेल। मत ९०१
  • वडा नम्बर ७ मा माओवादी केन्द्रका रमेबहादुर थापा । मत आउन बाँकी।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.