|

बागलुङ : ढोरपाटन नगरपालिकामा एमाले विजयी भएको छ। एमालेका देवकुमार नेपाली दुई हजार ६९२ मत ल्याएर प्रमुख पदमा निर्वाचित भएका हुन्। उपप्रमुखमा एमालेकै करमती घर्ती विजयी भएकी छिन्। उनले दुई हजार ७९ मत ल्याइन्। 

यस्तै बडीगाढ गाउँपालिकामा पनि एमालेका मेयरसिंह पाइजा अध्यक्ष निर्वाचित भएका छन्। उपाध्यक्षमा कांग्रेसका अम्मरबहादुर श्रीश विजयी भएका छन्। 

योसँगै एमालेले जिल्लाका तीनवटा स्थानीय तहको प्रमुखमा जीत हासिल गरेको छ। १० वटा स्थानीय तह रहेको बागलुङमा कांग्रेसले तीन, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले एक\एक स्थानमा जित हासिल गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.