कहाँ कसको अग्रता?

|

काठमाडौं: पहिलो चरणको स्थानीय तहको निर्वाचन सकिएको चार दिनपछि बिहीबार दिउँसो सम्म ९ वटा जिल्लाका सबै स्थानीय तहको अन्तिम मत परिणाम आइसकेको छ।

हुम्ला, जुम्ला, डोल्पा, जाजरकोट, म्याग्दी, मनाङ, मस्ताङ, रसुवा र रुकुमका ६ स्थानीय तहका ५५ स्थानीय तहको अन्तिम परिणाम आइसकेको छ।

९ जिल्लाका ५५ स्थानीय तहको अन्तिम परिणाम अनुसार १७ स्थानीय तहमा माओवादी केन्द्रका उमेम्दवार, १८ वटामा कांग्रेस, १६ वटामा एमाले, ३ वटामा स्वतन्त्र र  एउटामा नयाँ शक्तिका उम्मेदवार विजयी भएका छन्।

अन्तिम मत परिणाम आएका ९ जिल्ला मध्ये ४ जिल्लामा माओवादी केन्द्रका कुनै पनि उम्मेदवार विजयी हुन सकेनन्, त्यस्तै २ जिल्लामा कांग्रेस र १ जिल्लामा एमाले उम्मेदवार विजयी हुन सकेका छैनन्।  

कहाँ पाएन माओवादी केन्द्रले उपस्थिति, कहाँ हो अग्रता?

सबै स्थानीय तहको अन्तिम परिणाम आएको ४ वटा जिल्लाका २० स्थानीय तह मध्ये माओवादी केन्द्रका कुनै पनि उम्मेदवार विजयी हुन सकेका छैनन्। म्याग्दी, रसुवा, मानाङ र मुस्ताङमा माओवादी केन्द्रका सबै उम्मेदवार पराजित भएका छन्।  

तर, ६ नम्वर प्रदेशमा परेका रुकुमका ६ स्थानीय तहमा सबैमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। त्यस्तै हुम्लाका ६ स्थानीय तह मध्ये ४ वटाम माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। यी बाहेक जुम्ला ३, डोल्पा २ र जाजरकोटका २ स्थानीय तहमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्।

कहाँ भयो कांग्रेस नील

९ जिल्लाका ५५ मध्ये १८ वटा स्थानीय तहमा कांग्रेस उम्मेदवार विजयी भएका छन्। तर  प्रदेश नम्वर छ का दुई जिल्लाका १३ स्थानीय तहमा भने कांग्रेसका कुनै पनि उम्मेदवारले जित हात पार्न सकेनन्। छ नम्बर प्रदेशमा पर्ने रुकुम र डोल्पा जिल्लामा कांग्रेसका सबै उम्मेदवार पराजय भएका छन्।

तर कांग्रेस उम्मेदवारहरुले जुम्लाका ८ मध्ये ४ वटा स्थानीय तह, म्याग्दीका छ मध्ये ४ स्थानीय तह र मुस्ताङको ५ मध्ये ३ स्थानीय तहमा कांग्रेस उम्मेदवार विजयी भई पकड जमाएका छन्। अन्यमा भने हुम्मलामा १,जाजरकोटमा २, मनाङमा २ र रसुवामा २ स्थानीय तहमा कांग्रेस उम्मेदवार विजयी भएका छन्।

रुकुममा भयो एमाले नील?

आठ जिल्लाका ५५ स्थानीय तह मध्ये १६ स्थानीय तहमा एमाले उम्मेदवार विजयी भएका छन्। तर, छ नम्वर प्रदेशमा पर्ने रुकुम जिल्लाका छ स्थानीय तहमध्ये कुनै पनि तहमा एमालेले जितेको छैन।

अहिले सम्म सबै भन्दा बढी डोल्पाको ८ स्थानीय तहमध्ये ४ र जाजरकोटका ७ मध्ये ३ वटामा एमाले उम्मेदवार विजयी भई पकड जमाएका छन्। यी बाहेक हुम्ला १, जुम्ला १, मुस्ताङ १, म्याग्दी २, मनाङ २ र रसुवा २ वटाटा स्थानीय तहमा एमाले उम्मेदवार विजयी भएका छन्।

त्यस्तै रसुवाको एक स्थानीय तहमा नयाँ शक्तिका उम्मेदवार र डोल्पाको २ र मुस्तङको १ स्थानीय तहमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.