|

वालिङ : वालिङ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ।

दस हजार छ सय मतसहित कांग्रेसका दिलीपप्रताप खाँण प्रमुख पदमा विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का पुण्यप्रसाद अर्यालले आठ हजार सात सय ४९ मत प्राप्त गरे। 

उपप्रमुखमा कांग्रेसकी कल्पना तिवारी नौ हजार ८९५ मत ल्याएर विजयी भइन्। उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी खगीसरा थापाले नौ हजार ३५७ मत प्राप्त गरिन्। 

कूल १४ वटा वडा रहेको वालिङ नगरपालिकामा कांग्रेसले प्रमुख र उपप्रमुखसहित सात वटा वडामा विजयी भएको छ भने एमाले पनि सात वडामा विजयी भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.