|

कालिकोट : नेपाली कांग्रेसका नन्दबहादुर सिंह कालिकोटको महाबै गाउँपालिकाको अध्यक्षमा विजयी भएका छन्। उनी १४ सय मत ल्याएर विजयी भए।

निकटतम प्रतिद्वन्द्वी माओवादीका सर्पराज सिंहले १३ सय मत ल्याए।

उपाध्यक्षमा नेकपा एमालेका मनराज शाही १३ सय मत ल्याएर विजयी भए। यस गाउँपलिकामा अध्यक्ष र उपाध्यक्ष पदमा कांग्रेस-एमालेले तालमेल गरेका थिए।

जिल्लाका ९ स्थानीय तहमध्ये अहिलेसम्म ७ तहको नतिजा सार्वजनिक भइसकेका छन्। माओवादी केन्द्रले यस जिल्लामा सर्वाधिक ५ ठाउँमा जितेको छ। त्यस्तै कांग्रेस र एमालेले १-१ ठाउँ जितेका छन्।

कालिका गाउँपलिकामा मतगणना भइरहेको छ। उम्मेदवारको निधनका कारण नारायणनाथ गाउँपालिकाको वडा नम्बर ६ मा चुनाव नै हुन बाँकी छ। यहाँ ७ गते चुनाव हुनेछ। वडा नम्बर ६ मा चुनाव भएपछि मात्रै यस गाउँपालिकाको मतगणना सुरु हुनेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.