|

  • भविश्वर पाण्डे-

कावासोतीः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उद्योगपति विनोद चौधरीबीच गोप्य वार्ता भएको छ।

शुक्रबार नवलपरासीको देवचुली नगरपालिकामा उद्योगपति विनोद चौधरीको चौधरी ग्रामभित्र एक घण्टाभन्दा बढी यस्तो गोप्य वार्ता भएको हो । चौधरी फाउण्डेशनले निर्माण गरेको शाश्वत धाम निरीक्षण गर्ने र उद्योगपति विनोद चौधरीबीच वार्ता गर्ने भन्दै प्रधानमन्त्री दाहाल नवलपरासी आएको बुझिइएको छ। 

चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालय केन्द्रीय कार्यालयको भवन उद्घाटनका लागि प्रचण्ड चितवन आउँदा उद्योगपति चौधरीसँग गोप्य वार्ता गर्न आएको चौधरी ग्रुपका एक विशिष्ट कर्मचारीले बताए। उनीहरूबीच के विषयमा कुराकानी भयो भन्ने कुरा भने बाहिर आइसकेको छैन। 

प्रधानमन्त्री दाहाल नेपाली सेनाको हेलिकोप्टरबाट साढे नौ बजे चौधरी ग्रुप आएका थिए। चौधरी फाण्डेशनले निर्माण गरेको शास्वत धाममा प्रधानमन्त्री आउने कार्यक्रम भएपछि करिब आठ घण्टाभन्दा बढी शास्वत धाममा अन्य कोही भ्रमण गर्न आउनेलाई प्रवेश रोकिएको थियो। शास्वत धाम अवलोकन गर्दै प्रधानमन्त्री दाहालले शास्वत धाम साँच्चै उत्कृष्ट रहेको र यसले धार्मिक र पर्यटकीय क्षेत्रमा विकास गर्न सहयोग पुग्ने अपेक्षा गरेको बताएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.