|

काठमाडौँः उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले मुलुकको अर्थतन्त्र नेपालीको हातमा नरहेको बताएका छन्।

अर्थमन्त्री महराले मुलुकको अर्थतन्त्र बाहिरियाहरूको हातमा जाने अवस्था रहेको उल्लेख गर्दै चिन्ता पनि व्यक्त गरे। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महराले सरकार मुलुकको अर्थतन्त्र नेपालीको हातमा रहँदैन कि भनेर चिन्तित रहेको पनि स्पष्ट पारे। 

अर्थमन्त्री महराले विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोषलगायतका ठूलाठूला एजेन्सीहरूले नेपालको अर्थतन्त्रलाई राष्ट्रिय काबुभन्दा बाहिर राखिदिएको पनि उल्लेख गरे। उनले सरकार स्वाधीन अर्थतन्त्रको पक्षमा उभिए पनि त्यसलाई सार्थक बनाउन कठिनाइ भइरहेको दावी पनि गरे।

अर्थमन्त्री महराले निजी क्षेत्रलाई उच्च प्राथमिकता दिएर सरकारले मुलुकलाई समृद्ध बनाउने योजना अघि सारेको पनि बताए। उनले समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण नेपाल जस्तो मुलुकका लागि चुनौतीको विषय भएको बताए।

अर्थमन्त्री महराले बाहिरियाहरूको प्रभावबाट बचेर मुलुकलाई स्वाधीन बनाउन पनि राजनीतिक संक्रमणकालको छिटो अन्त्य गर्नुको विकल्प नरहेको धारणा राखे।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.