|

जुम्लाः पहिलो महिला नगरपालिका प्रमुख बन्न सफल चन्दननाथ नगरपालिकाकी प्रमुख कान्तिका सेजुवाल, उपप्रमुख अप्सरादेवी न्यौपाने महतसहित सबै वडाध्यक्षहरूले शपथ लिएका छन्।

मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपाने समक्ष नवनिर्वाचित पदाधिकारीहरूले शपथ लिएका हुन्। मुख्य निर्वाचन अधिकृत न्यौपानेले पहिलो चरणमा नगर प्रमुख कान्तिका सेजुवाल र उपप्रमुख अप्सरादेवी न्यौपाने महतलाई शपथ खुवाएका थिए। 

त्यसैगरी उनले १० वटै वडाका वडाध्यक्षहरूलाई शपथ खुवाएका थिए। निर्वाचित उम्मेवदवार सबैले देश र जनताको नाममा शपथ खाएका थिए। 

शपथ खुवाएपछि मुख्य निर्वाचन अधिकृत न्यौपानेले निर्वाचित उम्मेदवारहरूलाई प्रमाणपत्र प्रदान गरेका थिए। सबैले आइतबार पदवहाली गर्ने बताइएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • “खुला पत्र सम्मानित मेयर लाइ” आदरणीय मेयर श्री कान्तिका सेजुवाल ज्यु नमस्कार सर्बप्रथम मेयर को ताज पहिरिन सक्षम भएकोमा धेरै धेरै बधाई | कर्णाली कि सिक्षिका, पहिलो महिला मेयर आदि जस्ता थुप्रै शीर्षकमा तपाइको बारेमा पढ्न पाउदा आफुलाई भाग्यमानी ठानिरहेको छु | २२ बर्ष भन्दा धेरै शिक्षण पेशामा समर्पण, स्कुल लाइ जिल्लाकै नमुना स्कुल मा परिणत र अब स्नात्तकोत्तर को सर्टिफिकेट संगै सक्रिय राजनीति | ई सबै हेर्दा मेरो सुझाब सानो मुख ठुलो कुरा जस्तो होला, अन्यथा नलिईदिनुहोला | सधै झारपात मात्र उम्र्यो भनेर गालि गर्नु भन्दा खेति गर्ने बेला नै ध्यान पुर्याउनु राम्रो भन्छन | जुन कालखण्ड को कुरा गरेपनि इतिहासकाल देखि जुम्ला पछी परेको कुरा यहालाई अबगत नै छ | पृथ्वीनारायण शाह को एकीकरण अभियान संगै काठमान्डौले सिंहदरबार रुपी पिजडामा भोटे ताल्चा लगाएर राखेको हक आधिकार पहिलोपल्ट जिल्ला पुगेको छ जसको चाबी तपाइको हातमा पुग्नु आफैमा अविस्मरणीय छ | यसमा समुर्ण सक्रिय राजनीतिक दल विशेषगरी १० बर्षे जनयुद्ध संचालक माओवादी पार्टी नेत्तृत्व लाइ हृदय देखि धन्यवाद दिनै पर्छ | १० वडा मा विभाजित चन्दननाथ नगरपालिका आर्थिक, सामाजिक, भौतिक, वातावरणीय आदि हरेक बिबिधताले भरिपुर्ण छ | प्राकृतिक श्रोत (मुख्यत जडिबुटी, जलश्रोत, पर्यटन), को धनि नगरपालिमा कृषि उत्पादन (मुख्यत स्याउ, सिमि, काले मार्सी धान) को सम्भाबना पनि प्रचुर मात्रामा देखिन्छ | हामीलाई थाहा छ, स्व.मानब सेजुवाल ले आफ्नो सक्रिय जिबन मा हरेक समय जिल्लाको भलाइमा समर्पित गर्नुभो, जसको फल आज तपाइँ अनि सम्पूर्ण जिल्लाबासीले केहि हद सम्म स्वाद लिन पाएकै छन् | तपाइले कसरि राजनीतिक यात्रा शुरु गर्नुभो?, किन गर्नु भो?, अनुभब कस्तो छ?, राम्रा के गर्नु भो?, नराम्रा के गर्नुभो? अब त्यसको खोजिनितिले खास ठुलो अर्थ नराख्ला | कुन पार्टीको उम्मेदबार बन्नुभो?, कति ले भोट खसाले?, कति बिरोधि रहे? ति कुरा पनि गौण हुदैछन | गाठी कुरा त तपाइँ हाम्रो मेयर हो, साझा मेयर, अब तपाइँ कांग्रेसी मात्र रहनुभएन | तपाइँ हाम्रो साझा सम्पत्ति हो चाहे तपाइको चुनाबी अभियानमा हामि बिरोधि भएर ओर्लिएका नै किन नहु | चन्द्रमामा पुग्न अन्तरिक्षयानको सहारा लिनैपर्ने हुन्छ | पार्टी अन्तरिक्षयान हो, तपाईलाई मेयर को कुर्सीमा पुर्याउने | चन्द्रमाको उज्यालो क्षेत्र बिशेष, प्रदेश बिशेष वा व्यक्ति बिशेष हुदैन जब चम्किन्छ सारा बिश्व लाइ उज्यालो पार्ने ल्याकत राख्दछ | तपाइँ चम्किनु छ, तपाइँ बाट निस्कने प्रकाश हरेक गरिब निमुखा को घर घर मा छिर्नु छ त्यसको लागि हामि जुनसुकै कोणमा ऐना बन्नु परे हरेक क्षण तयार रहनेछौ | यहा निर शब्द मेरा रहे पनि बिचार साझा भएको हुदा म को ठाउ मा हामि प्रयोग गरेको पनि स्पष्ट पार्न चाहन्छु | जुम्ला लाइ प्रदेश नम्बर ६ को राजधानी बनाउनु पर्ने बिषयमा हरेक पटक आवाज उठाए पनि कसैले सुनेनन् | हुनत आवाज बिहिन को आवाज कसले पो पछ्छ्याउथ्यो र ! जुम्ला राजधानी हुनु भनेको कर्णाली का अन्य ४ जिल्लामा सडक संजालमा ब्यापकता ल्याउनु हो, विकाश लाइ अझ सामिप्य ढोका मा पुर्याउनु हो भन्ने मेरो बुझाइ छ | काठमान्डौ, नेपालगंज, सुर्खेत जस्ता सहरको पीआर धारी कर्णाली का नेतागण लाइ जुम्ला राजधानी हुनु आबश्यक नै छैन आखिर ब्यबस्थित सहरमा बसोबास को तारदाम्य जो मिलाएका छन्, गरिब निमुखा को लागि हरेक दिन किन टाउको ठोक्थे | तपाइको चुनाबी अभियानले जुम्लालाई वैकल्पिक राजधानी को रुपमा अगाढी बढाउने योजनाले केहि हर्षित बनाएको छ, मेरो आग्रह छ वैकल्पिक होइन पूर्णकालीन बनाउन प्रयास गर्नुहोस, पुरा हुने नहुने कुरा बेग्लै रह्यो | मिहिनेत नगर्नु भन्दा गरेर फेल हुनु राम्रो | नगरपालिका का जनतालाई उच्च शिक्षा विशेषगरि प्राबिधिक (इन्जिनियरिङ, बन, कृषि आदि) शिक्षा हासिल गर्न काठमान्डौ, पोखरा, चितवन जस्ता जिल्ला धाउनुपर्ने हुन्छ, लाखौ रकम जुटाउनुपर्ने अबस्थाले बिचलित भएका परिवार थुप्रै देखेका छौ, म पनि केहि अंस जमिन बेचेर नै इन्जिनियर बनेको उदाहरण हु | भक्तपुर नगरपालिका ले ख्वप कलेज अफ इन्जिनियरिङ, ख्वप इन्जिनियरिङ कलेज जस्ता शिक्षणसंस्था बाट एक घर एक प्राबिधिक उत्पादन गर्ने साहस जम्मा गर्न सक्छ भने हामीले स्थापना गर्न नसक्ने त पक्कै होइनौ होला ? तसर्थ यसमा उचित पहल गरिदिनुहुनेछ भन्नेमा आशावादी छु | हाम्रो क्षेत्रको कृषि र अन्य क्षेत्रको कृषि मा धेरथोर भिन्नता रहेको पाइन्छ | हावामा आद्रताको मात्रा कम हुनु वा भनौ अर्धशुष्क हावापानी मा गरिने कृषि खेति र काठमान्डौ जस्तो शुष्क हावापानी मा गरिने खेतीमा धेरै भिन्नता हुन्छ | तर बिडम्पना काठमान्डौ ले आफ्नो लागि तयार पारेको कृषि शिक्षा नै कर्णालीवासीले पढ्न बाध्य छन | तसर्थ यहानिर मेरो आग्रह के छ भने कर्णाली को माटो लाइ सुहाउदो, कर्णाली को हावापानी लाई फिट हुने सेलेबस (Syllabus) तयार पारि कर्णाली प्राबिधिक शिक्षालय एबम अन्य शिक्षणसंस्थामा अध्यन-अध्यापन गराउन आबश्यक छ | जसलाई देशका नामी कृषि विज्ञहरुले पनि स्विकार गरिसकेको अवस्था हो | हाम्रो देश नेपाल, सुन्दर नेपाल, बुद्धको जन्मभूमि, सगरमाथाको घर भनेर चिनिने देश विश्वका उत्कृस्ठ पर्यटकीयस्थल मध्य को एक हो, देशको मुख्य आयश्रोत नै यसमा अड्केको छ | यसमा जुम्ला मात्र अलग रहन सक्दैन | यसर्थ प्रथमतः चन्दननाथ मन्दिर, ठाकुरज्यु जस्ता प्रख्यात स्थलको ब्यबस्थित विकाश मा जोड दिनु पर्ने हुन्छ | तब मात्र रारा ताल घुम्न जाने पर्यटक खलङ्गा बजार लाइ पनि भमण योजना मा समावेश गर्नेछन होइन भने रारा का पर्यटक लाइ नाग्म बाट सधै बिदाइ गर्नुपर्ने परिस्थिति नआउला भन्न सकिन्न | तसर्थ चन्दननाथ मन्दिर परिसर लाइ लिजमा स्याउ खेति तर्फ मात्र सिमित नराखी आकर्षक ब्यबस्थापन तर्फ ध्यान दिनु पर्ने हुन्छ, उदाहरण को लागि भक्तपुर र काभ्रेपलान्चोक को सिमानामा अबस्थित शिब मुर्ति परिसर लाइ लिन सकिन्छ | ठाकुरज्यु को यात्रा बर्ष को एक पटक मा मात्र सिमित नराखी व्यस्त कार्यतालिका निर्माण गर्न पदयात्रा निर्माण लाइ पहिलो प्राथमिकता दिनु पर्ने देखिन्छ | बर्तमान समयमा हाम्रो अभिन्न अंगको रुपमा रहेको बिधुत अबस्था लाइ मैले यहा बेलिबिस्तार लगाउनु नपर्ला, यो भन्दा पहिले प्रकाशित लेख “छट्पटिएको जुम्ला” मा स्पस्ट रुपमा ब्याख्या नै गरेको छु | थोपा थोपा मिलि समुन्द्र बन्दछ | नगरपालिका लाइ समृद्ध बनाउन हरेक वडा समृद्ध हुन आबश्यक छ | वडा लाइ आबश्यक र सुहाउदो विकास गरे मात्र दिगो हुन्छ, तसर्थ दिगो विकासको लागि समान कार्य लाद्नु भन्दा Ground Research बाट देखिएका समस्यालाई पहिले समाधान गर्नुपर्ने हुन्छ | मेरो आजिबन ठेगाना चन्दननाथ-७ भएको हुदा मैले मिचा-महत गाउ लाइ गहिरो रुपमा बुझ्ने मौका पाए | मानसपटलमा मा बसेका केहि समस्या र समाधान समाधानका बिषयलाइ बुदागत रुपमा यहा समक्ष समेट्न चाहन्छु | फडानी ले उग्ररुप लिएको कोठ, लाग्ना आदि क्षेत्रको वनजंगल को अवस्थामा सुधार ल्याई आवश्यक ब्रिक्षारोपनका कार्यक्रम अबलम्बन गर्ने ताकी नया आउने सन्ततिले पिडा भोग्नु नपरोस | खलाचौर स्थित शिब मन्दिरको पुननिर्माण र सिलाम जोड्ने झोलुङ्गे पुलको ब्यबस्था गर्ने जसले खलाचौर लाइ पर्यटकीयस्थल बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ | समय क्रम संगै बन्जी जम्प को व्यवस्था गर्न सकिने भौगोलिक अबस्था पनि देखिन्छ | वडा-७ अन्तर्गत पर्ने कर्णाली राजमार्गको दुवैपट्टि ब्रिक्षारोपन (Roadside Plantation) गर्ने जसले गाउको सुन्दरता बढाउन र वातावरणीय प्रभाब कम गर्न महत्वपूर्ण भूमिका खेल्दछ | माज्ज्युला क्षेत्रलाइ तरकारी खेतीको सरक्षित क्षेत्र (Pocket Area) को रुपमा विकास गर्ने साथै आधुनिक प्रबिधि, उन्नत मल विउ, सिचाई आदिको विकास गर्ने | सम्पूर्ण गाउँ (गाउँ र बाट) लाई बाध्ने गरि सडक संजालको बिस्तार गर्ने र उक्त सडक पुरातात्विक देवल सम्म पुर्याउने साथै देवल को स्तरउन्नति गर्ने | धान खेति योग्य जमिन (जिउलो) मा घर विस्तार प्रकृया लाइ रोक्न आबश्यक नीतिनिर्माण मा जोड दिने, खेति योग्य भन्दा पनि अन्य क्षेत्रमा आवाश निर्माण गर्ने र जुम्लाको मौलिक संस्कृति लाइ जोगाउने प्रकृति का आवाश निर्माण गर्ने लाइ सहुलियत प्रदान गर्ने | रोजगारी निर्माणको लागि उद्धमशिलता (कृषि, ब्यबसाय, प्रबिधि) मा जोड दिने, घर जग्गा कारोबार भन्दा पनि ब्यबसायिक क्षेत्रमा लगानी गर्ने लाइ ऋण प्रबाह सजिलो पार्न बैंक, सहकारी आदि लाइ अग्रसर गराउने | यी र यस्ता थुप्रै कार्य गरि नगरपालिका लाई समृद्ध, विकसित बनाउन सकिन्छ भन्ने मेरो व्यक्तिगत धारणा हो | तसर्थ सरकारी, गैरसरकारी क्षेत्रबाट आउने लागनी र नगरपालिका को आफ्नो श्रोत लाइ सहि दिशा दिन सक्नुभयो भने नगरपालिका को सम्वृद्धि निश्चित छ | चाइना को लुगा लगाई भारतीय बाइक मा चडी जापनिज मोबाइलबाट कतारमा रहेको आफन्तलाई फोन गर्ने संस्कृतिको अन्त्य गरि प्रत्यक नागरिकलाई स्वाबलम्बी बनाउन तपाइको योगदान आजको अपरिहार्य आबश्यकता हो | तपाइको आगमन संगै म त आशावादी हुन थालिसके | योग गुरु विकासानन्द को भनाइ नै छ: संसार लाई बदल्नु छ सुरुवात आफैबाट गर्नुछ | हजुर लाइ सानो आग्रह संगै तपाइको शुरुवात र कार्यकाल सफलताको सुभकामना | म चाहन्छु ५ बर्ष को लागि मात्र होइन, तपाइको नाम इतिहास काल सम्म अमर हुने तरिकाले लेखियोस |