|

बारा : बाराको सिमरामा सम्पन्न दोस्रो अन्तरराष्ट्रिय सिमरा भेट्रान कप फुटवल प्रतियोगिताको उपाधि मोरङ भेट्रान क्लबले जितेको छ।

सिमरा रंगशालामा शनिवार भएको फाइनल खेलमा चितवनलाई २-० ले पराजित गर्दै मोरङले उपाधि पोल्टामा पारेको हो।

मोरङका लागि डेनिम राई र विनोद धिमालले समान एक/एक गोल गरेका थिए। मोरङले खेलको १३ औँ र ३३ औँ मिनेटमा गोल गरेको हो। उपाधि विजेता मोरङले एक लाख ५० हजार र उपविजेता चितवनले ७५ हजार प्राप्त गरेको छ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मोरङका डेनिम राई, उत्कृष्ट गोलरक्षक मोरङका मीनबहादुर बस्नेत, उत्कृष्ट रक्षक मोरङका रमेशकुमार बस्नेत घोषित भएका छन्।

यसैगरी उत्कृष्ट मिडफिल्डर चितवनका यमु राना घोषित हुँदा सर्वाधिक गोलकर्ताको उपाधि सिमरा भेट्रानका गोपीप्रसाद भट्टले प्राप्त गरेका छन्।

सिमराका युवा समाजसेवी श्याम बाबु गुप्ता, ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिना, सिमरा भेट्रान क्लबका राजकपुर राउत, नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारी, नेकपा एमाले जितपुरसिमरा २ का वडा कमिटी अध्यक्ष रविन्द्र खकुरेल लगायतले पुरस्कार वितरण गरेका थिए।

स्वर्गीय मञ्जुदेवी गुप्ताको स्मृतिमा सिमरा भेट्रान क्लबले भदौ २९ गतेदेखि आयोजना गरेको प्रतियोगितामा भारतका दुईसहित १६ टिमको सहभागिता रहेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.