|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहिलो चरणको स्थानीय चुनाव सफल भएकोमा राजनीतिक दलहरुलाई धन्यवाद दिँदै दोस्रो चरढको चुनावका लागि राजनीतिक सहमति कायम राख्न आग्रह गरेका छन्। 

शुक्रबार रातिसम्म बालुवाटारमा चलेको ठूला सात दलको बैठकमा दाहालले दोस्रो चुनावअघि संविधान संशोधन गरिसक्ने बाचा दोहोर्‍याउँदै केही दिनभित्र ठोस प्रयास हुने आश्वासन दिए। दाहालले सहमतिका लागि संविधान संशोधन विधेयक पारित गर्ने, स्थानीय तहको संख्या मधेसमा थप्ने प्रस्ताव अघि सारे पनि प्रतिपक्षी एमालेले भने त्यसलाई अस्वीकार गरेको छ। 

अधिकार सम्पन्न स्थानीय तहको चुनावका लागि पहिलो चरणमा जुनस्तरको उत्साह देशैभरि देखियो, त्यसका लागि म सबै दल र जनतालाई धन्यवाद दिन्छु यो राष्ट्रिय सहमति दोस्रो चरणमा र त्यसपछिका दुई तहको चुनावमा पनि देखिनुपर्छ' बैठक थाल्दै दाहालले भने 'तराई मधेसमा स्थानीय तहको संख्या सहमतिको आधारमा थप्नेबारे मैले गृहकार्य गरिरहेको छु आजै पनि सरकारका उपप्रधानमन्त्रीले एउटा बैठक राखिसक्नुभएको छ सविधान संशोधन विधेयक पनि चाँडै टुंगो लगाउनेमा मेरो ध्यान केन्द्रित छ अब गतिरोध राखिरहनु भनेको जनताको आकांक्षामाथि कुठाराघात गर्नु हो।'

बालुवाटारको संयुक्त बैठकको तयारीस्वरुप शुक्रबार नै स्थानीय विकास मन्त्री विजयकुमार गच्छदार र अर्का मन्त्री बालकृ्ष्ण खाँड र अजयशंकर नायकले महन्थ ठाकुर, राजेन्द्र महतोसहितका राजपा नेता तथा उपेन्द्र यादव, अशोक राईसहित संघीय समाजवादी फोरमका नेता राखेर स्थानीय तहको संख्या थप्नेबारे गृहकार्य गरे पनि त्यसमा सहमति जुटेको थिएन। 

प्रधानमन्त्रीले दिउँसोको बैठकबारे जानकारी गराउँदै सहमतिबाट स्थानीय तहको संख्या थप्न आग्रह गरेपछि एमालेबाट उपाध्यक्ष भीम रावल र संसदीय दलका उपनेता सुवास नेम्वाङले चुनाव हुँदाहुँदै स्थनीय तहको संख्या थप्ने प्रस्ताव संसारमा अन्यत्र कतै नभएको तर्क गर्दै त्यसले दोस्रो तहको चुनावको वातावरण बिथोल्ने तर्क गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.