|

काठमाडौं : निर्वाचन आयोगले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा मत संकेत गर्नका लागि रातो मसी प्रयोग गर्ने भएको छ। पहिलो चरणमा नीलो रङको मसी प्रयोग गरी मत संकेत गरेकोमा त्यसका कारण पनि मत बदर भएको गुनासो आएको थियो।

त्यसै आधारमा आयोगले मसी फेर्ने निर्णय गरेको हो। आयोगका सचिव गोपीनाथ मैनालीले दोस्रो चरणमा मतदाताले रातो रङको स्वस्तिक छाप लगाउने व्यवस्था गर्न लागेको जाकारी दिए। उनले दोस्रो चरणमा सुरक्षा रणनीति, मतदाता शिक्षालाई अझ बढी प्रभावकारी बनाउने बताए। 

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले दोस्रो चरणको निर्वाचनका लगि मतदान हुने जिल्लामा स्ट्याम्प प्याड रातो र सोही रङको स्ट्याम्प मसी प्रयोग गरी मतदान गराउनका लागि स्ट्याम्प प्याड र मसी खरिद गर्ने निर्णय गरेको जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.