|

काठमाडौं : पहिलो चरणको स्थानीय तह निर्वाचनमा सबैभन्दा चर्चित निर्वाचन क्षेत्र बन्न पुगेको छ भरतपुर महानगरपालिकाको निर्वाचन।

जहाँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पुत्री रेणु दाहाल अर्को सत्तारुढ घटक नेपाली कांग्रेसको समर्थनमा नगर प्रमुख पदमा उम्मेदवार बन्नुभएको छ भने उनलाई प्रमुख विपक्षी नेकपा एमालेका नेता देवी ज्ञवालीले टक्कर दिइरहेका छन्।

रेणु र देवीमा शुरुमा देवीले अग्रता लिएकोमा बीचमा एक पटक रेणुले अग्रता लिइन् र बीचमा निकै अघि रहेका देवीलाई फेरि रेणुले उछिनिन्। कांग्रेसका वडाअध्यक्षले जितेको स्थानमा पनि प्रमुखमा भने रेणुलाई कम मत आएको भनेर मतगणनास्थलको तीतो सत्तारुढ घटक कांग्रेस माओवादी केन्द्रको नेतृत्व पंक्तिसम्म समेत पुगेको छ। 

माओवादी केन्द्रका नेताहरुले अनौपचारिक कुराकानीका क्रममा कांग्रेसले चितवनमा धोका दिएको, अन्तर्घात गरेको यस्तै यस्तै आरोप लगाउन थालिसकेका छन्। उता कांग्रेसभित्रै पनि यो तालमेललाई लिएर असन्तुष्टी ब्यापक रहेको छ। चितवनमा कांग्रेसका एक कार्यकर्ताले भने 'सभापति शेरबहादुर देउवाबाट गल्ती भयो तालमेल गर्ने हो भन पनि अघि अघि नै गरेको भए हुन्थ्यो अन्तिम अवस्थामा गरिएपछप पहिला टिकट पाएका कांग्रेसेका कार्यकर्ता रिसाउने अवस्था भयो।'

चितवनको सम्पूर्ण परिणाम नआइसक्दै चुनावी तालमेल दलहरुबीच भविष्यमा गर्नलाई अब अप्ठेरो परेको चर्चा परिचर्चा समेत भएको छ। राजधानीमै प्रमुख विपक्षी एमाले र राप्रपाबीच भएको तालमेल समेत ब्यवहारमा लागू नभएको भन्दै राप्रपाका तर्फबाट असन्तुष्टि व्यक्त भएको छ। एमालेले उम्मेदवार नै नउठाएको ठाउँमा पनि सूर्य चिह्नमा मतदान भएका घटनासमेत राजधानीभित्र देखिएका छन्। यसले गर्दा चुनावी तालमेलको अर्को नाम जालझेल र गनगन हुन थालेको दलहरुबीच नै चर्चा हुन थालेको छ। नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले गठबन्धनको उम्मेदवारको जित सुनिश्चित भएको दावी गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.