|

सल्यान : जिल्लाको पहिलो नगरपालिका शारदा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस विजयी  भएको छ। नेपाली कांग्रेसका सुरेश अधिकारीले ४ हजार २ सय १४ मत ल्याई विजयी भएको हो। उनको निककतम प्रतिद्वन्द्वी एमालेका राम खड्गीले ३ हजार ३ सय ४४ मत ल्याए। माओवादी केन्द्रका प्रमोद श्रेष्ठले २ हजार ५ सय २७ र राप्रपाका मनोज प्रधानले २हजार ४०० मत ल्याए। 

२०५२ सालदेखि जिल्ला विकास समितिको कार्यालय सल्यानमा कार्यरत वरिष्ठ कार्यक्रम अधिकृत सुरेश अधिकारीले आफू राजनैतिक जीवनमा क्रियाशील रहने उद्घोषका साथ मिति २०७३ चैत्र देखि राजीनामा दिएर काग्रेसको तर्फबाट शारदा नगरपालिकाको मेयर पदमा चुनाव लड्ने भनेर राजनीतिक फिल्डमा आएका हुन्। 

उपप्रमुखमा पनि काग्रेसकै सावित्रा वस्नेतले जीत हात पारेकी छन्। बस्नेतले ४हजार १ सय ८० ल्याएकी छिन् भने निकटतम प्रतिद्वन्द्वी एमालेकी सरिता हमालले ४ हजार ०३७ मत ल्याइन्। माओवादी केन्द्रकी झरना बुढाथोकीले २ हजार ५ सय ४ मत ल्याइन्। 

तीन नगरपालिका रहेको सल्यानमा प्रमख तीन दलले एक एक वटा जितेका छन्। शारदा नगरपालिकामा कांग्रेस, बन्गाड कुपिण्डे नगरपालिकामा एमाले र बागचौर नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ। यस्तै सात गाउँपालिकामध्ये ३ मा एमाले र कांग्रेस र  माओवादी केन्द्रले समान २/२ जितेका छन् ।

८३ वडा रहेको सल्यानमा वडा भने सबैभन्दा धेरै माओवादी केन्द्रले जितेको छ। माओवादी केन्द्रले ३२, एमाले २७ , कांग्रेस २४ र राप्रपा १ वडामा जित हात पार्न सफल भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.