राजुराजलाई ७ हजार मतले पछाडि पारे विद्यासुन्दरले

|

काठमाडौं : काठमाडौं महानगरपालिमा अहिलेसम्म गणना भएको ६९ हजार ६५४ मतमध्ये एमालेका विद्यासुन्दर शाक्य २३ हजार ४२३ मतसहित अग्रस्थानमा छन्। कांग्रेसका राजुराज जोशीले १६ हजार ४८५ मत ल्याएका छन्।

यस्तै विवेकशील पार्टीकी रञ्जु दर्शनाले ९ हजार ३२३ प्राप्त गरेकी छिन्। ६ हजार ९५३ मतसहित साझा पार्टीका किशोर थापा चौथो स्थानमा छन्। माओवादी केन्द्रका सर्वोत्तम डंगोलले २ हजार ६५३ मत प्राप्त गरेका छन्।

एक साताअघि भएको स्थानीय तहको निर्वाचनअन्तर्गत काठमाडौं महानगरपालिकाका ३ देखि ७ र २२, देखि २४ , २६ र २९ देखि ३२ नम्बरसम्मको मतगणना जारी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.