|

ओखलढुंगा : ओखलढुंगा उद्योग वाणिज्य संघले जिल्लाका पाँचजना किसानलाई सुधारिएको अलैंची भट्टी वितरण गरेको छ। नेपाल व्यापार एकीकृत रणनीति कार्यक्रम एनटीआइएस २०१० अन्तरगत उद्योग वाणिज्य मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्रको सहयोगमा भट्टी वितरण गरिएको हो।

जिल्लामा अलैंची खेती गर्ने किसान बढिरहेको बेला अगुवा किसानले सुधारिएको भट्टी पाएपछि खुसी भएका छन्। एउटाको ७० हजारका लागत पर्ने पाँचवटा सुधारिएको अलैंची भट्टी वितरण गरिएको संघका अध्यक्ष ज्ञानेन्द्रकुमार मास्केले जानकारी दिए। भट्टी जिल्लाका रावादोलु, नारायणस्थान र रमाइलोडाँडामा वितरण गरिएको हो।

यस्तै, ओखलढुंगाका कृषकहरु तरकारी खेतीबाट विस्तारै विस्थापित हुँदै गएका छन्। आफूले उत्पादन गरेको तरकारीले बजार नपाउँदा कृषकहरु तरकारी खेती गर्न छाडेका हुन्। प्रतिपरिवार १५ देखि २० मुरीसम्म आलु उत्पादन गर्ने कृषकहरुले आपूmले उत्पादन गरेको आलु बर्सेनि कुहिएर जाने भएको कारण उनीहरु आलुखेती गर्न छाडेको श्रीचौरका स्थानीय इन्द्र बहादुर खत्रीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.