|
Photo : REUTERS

सरकार विरोधी सयौं लडाकूहरुको आक्रमणमा परी अफगानिस्तानमा २० भन्दा बढी प्रहरी मारिएका छन्।

दक्षिणी अफगानिस्तानको जाबुल प्रान्तको शाह जोइ र देह चोपानको सुरक्षा चेकजाँच गर्ने ठाँउमा आइतबार आतङ्ककारीले आक्रमण गरेका प्रान्तीय गभर्नर बिस्मील्लाह अफगानमालले जानकारी दिए।

गभर्नरले भने, “हजारौं तालीवानी विद्रोहीले शाह जोइ र देह चोपानको सुरक्षा चेकजाँच गर्ने ठाँउमा आज विहानै आक्रमण गरे। घटनामा परी २० जना प्रहरी मारिएका छन्।”

सरकारी अधिकारीहरुका अनुसार १४ जना प्रहरी शाह जोइमा र छ जना प्रहरी देह चोपानमा मारिएका हुन्।

यसैबीच, जाबुल प्रान्तका प्रहरी उपप्रमुख गुलाम जीलानी फाराहीले प्रान्तीय राजधानी क्वालातमा लडाकुले ४० ओटा रकेट बम प्रहार गरेको तर सौभाग्यबस कुनै मानवीय क्षती भने हुन नपाएको बताP.

उनले सरकारी सुरक्षा फौजको तर्फबाट आक्रमणकारीहरुका विरुद्धमा त्यस क्षेत्रमा सुरक्षा कारबाही कडा बनाइएको बताए। घटनास्थल राजधानी काबुलदेखि ३४० ले किलोमिटर दक्षिणतर्फ पर्दछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.