|

जुम्ला : एक नगरपालिका र सात गाउँपालिका भएको जुम्लाका १३ वडामा दलित महिला सदस्य खाली भएका छन्। विभिन्न गाउँपालिका गरे १३ वडामा दलित महिला सदस्यको उम्मेदवारी नपरेकोले खाली भएको जिल्ला निर्वाचन अधिकारी खुमप्रसाद सुवेदीले जानकारी दिए।

चन्दननाथ नगरपालिकाका १० वटै वडामा दलित महिला सदस्य खाली छैनन्। खाली भएका गाउँपालिकाहरुमा कनकासुन्दरी १ र ७, गुठीचौर २, तातोपानीमा ७ र ८ तिला गाउँपालिकामा ६ र ९, पातारासीमा १,३,५ र ७, सिञ्जामा ४ र हिमा गाउँपालिकामा २ नं वडा गरी १३ दलित महिला सदस्यको उम्मेदवारी नपरेको जिल्ला निर्वाचन अधिकारी सुवेदीले बताए।

जुम्लाका आठ स्थानीय तहमा ६० वडा छन्। आठ स्थानीय तहमा प्रमुख उपप्रमुख÷अध्यक्ष उपाध्यक्ष गरी १६ जना, ६० वडाध्यक्षमध्ये एकजना स्वतन्त्र वडाध्यक्षमा निर्वाचित भएको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ। ६० वटा वडाका २ सय ४० सदस्य हुनुपर्नेमा २ सय २७ जना सदस्य मात्र निर्वाचित भएको जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.