|

काठमाडौ‌ : ललितपुर महानगरपालिका वडा नम्बर २१ र २२ मा माओवादी केन्द्रको टिम विजयी भएको छ। ३१ वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणामअनुसार ललितपुरमा माओवादी केन्द्रले वडास्तरमै भए पनि विजयीको बाजी मार्न सफल भएको हो।

बुङमतीमा पर्ने २२ नम्बर वडामा नेकपा एमालेका उम्मेदवारलाई पछि पार्दै माओवादीका उम्मेदवार अम्वीरमान शाक्य विजयी भएका छन्। उनले १२ सय ८० मत हात पारे भने निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रेमभक्त महर्जनले १२ सय ७८ मत हात पारेका थिए। जम्मा दुई भोटले मात्र माओवादी नेता शाक्यले जित हात पारेका थिए।

२१ नम्बर वडामा माओवादी केन्द्रका रवीन्द्र महर्जनको पूरै टिमले जित हात पारेको हो। महर्जनले १२ सय ३५ मत का साथ आफ्नो विजयी यात्रा प्रारम्भ गरे।  ९ सय ७५ मत ल्याएका उनका प्रतिस्पर्धी नेकपा एमालेका मदन कृष्ण डंगोललाई माओवादी नेता महर्जनले २ सय ६० मतले उछिनेका हुन्। २१ वडा ललितपुरको खोकनामा पर्छ।

महानगरका २० वटा वडाको मतगणना हुँदासम्म जित हात पार्न नसकेको माओवादी केन्द्रका लागि २१ र २२ वडाको विजयले राहत दिलाएको ललितपुरका इन्चार्ज हरि दाहालले बताएका छन्। उनले भने, '२१ र २२ वडामा जित हुने अपेक्षा हामीले पहिले नै गरेका थियौं।' 

अहिलेसम्म महानगरका २२ वडाको मतगणना सकएिको छ। २२ वडाको नतजिा आउँदासम्म जम्मा दुई वडा हात पारेको माओवादीले २७,२८ र २९ वडामा पनि जित हात पार्ने अपेक्षा गरेको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.