|

काठमाडौं : नेपाली सेनाले फस्ट शिवपुरी ट्रायल रन एण्ड साइक्लिङ प्रतियोगिता २०२२ को आयोजना गर्ने भएको छ । सेनाले बुढानिलकण्ठ नगरपालिका र टोखा नगरपालिकाको सह–आयोजना तथा केही संस्थाहरूको सहयोगमा ‘संरक्षणमा सबैको सहकार्य’ भन्ने अवधारणाका साथ कात्तिक १९ गते ‘फस्ट शिवपुरी ट्रायल रन एण्ड साइक्लिङ’ प्रतियोगिता आयोजना गर्ने भएको हो । 

आइतबार पत्रकार सम्मेलन गर्दै भवानीदल गणका गणपति प्रमुख सेनानी रवि केसीले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न र प्रकृति संरक्षणमा थप टेवा पुर्याउने उदेश्यले उक्त प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए । 

खेलाडीहरूले प्रतियोगितामा सहभागी हुन प्रतिष्पर्धीहरूले  असोज ३१ गतेदेखि कात्तिक १७ गतेसम्म शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज कार्यालय, शिवपुरी व्यारेक, बुढानिलकण्ठ नगरपालिकाको कार्यालय र टोखा नगरपालिकाको कार्यालयमा दर्ता गर्न सकिने सेनाले जनाएको छ ।  

उक्त खेलमा २२ किलोमिटर पुरुष ट्रेल रनमा पहिलो हुने खेलाडीले एक लाख, दोस्रो हुनेले ७० हजार तेस्रो हुनेले ३० र क्रमश १० औं स्थानसम्म आउने खेलाडीहरूले २५, २०, १५, १०, ७ र ५ हजार नगद पुरस्कार पाउने सेनाले जनाएको छ । त्यस्तै साइक्लिङ प्रमुख हुनेले ७० हजार र क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं हुनेले ५०, ३५, २५ र १० हजार नगद पुरस्कार पाउनेछन् । 

साथै १५ किलोमिटर महिला ट्रेल रनमा प्रथम हुनेले ५० हजार नगद पुरस्कार पाउनेछन् भने दोस्रो, तेस्रो चौथो र पाँचौ हुनेले क्रमशः ४०, ३०, २० र १० हजार नगद पुरस्कार पाउने सेनाले जनाएको छ । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.