|

तनहुँ: कारागारमा रहेका अभिनेता पल शाहले भाइटीका लगाएका छन्। यौन दुरुपयोग गरेको आरोपमा दुई वर्ष ६ महिना सजाए पाएका शाहले कारागारमै भाइटीका लगाएको तनहुँ कारागारका निमित्त प्रमुख अधिकारीले बताए। 

शाहका विरुद्ध गत फागुन ११ गते नाबालिगका बुबाले जाहेरी दिएका थिए। शाहविरुद्ध सोही प्रकृतिको जाहेरी नवलपुरमा समेत परेको थियो। 

शाहविरुद्ध परेको जाहेरीमा नवलपुर जिल्ला अदालतले गत भदौ २१ गते यौन दुरुपयोगमा गरेको आरोपमा दुई वर्ष छ महिना कैद सुनाएको थियो। साथै, पीडितलाई रु १० लाख क्षतिपूर्ति र २५ हजार जरिवाना अदालतले तोकेको छ। तनहुँ जिल्ला अदालतमा भने शाहविरुद्धको मुद्दा कायमै छ। (रासस)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.