|
फाइल फोटो

पोखरा : कास्कीको पोखरा लेखनाथ महानगरपालिकाको २० वटा वडाको मतगणना सकिँदा नेकपा एमालेका नगर प्रमुखका उम्मेदवारले अग्रता बढाएका छन्। मंगलबार दिउँसो प्राप्त पछिल्लो मत परिणाम अनुसार प्रमुख पदका एमाले उम्मेदवार मानबहादुर जिसीले ३१ हजार २ सय ६० मत ल्याएका छन्। नेपाली कांग्रेसका उम्मेदवार रामजी कुँवरले २६ हजार १ सय ६३ मत ल्याएका छन्।

त्यस्तै उपप्रमुखमा एमाले उम्मेदवार मञ्जु गुरुङले २९५७८ मत ल्याएकी छन् भने नेपाली कांग्रेसकी उम्मेदवार सरस्वती गुरुङले २४ हजार ६ सय ५६ मत ल्याएकी छन्। पोखरा महानगरपालिकाको अहिले १७ नम्बर वडाको मतगणना गरिएको छ। अहिलेसम्म विभिन्न २० वटा वडाको मतगणना सकिएको र अब १३ वटा बाँकी रहेको क्षेत्रीय निर्वाचन कार्यालय पोखराका प्रमुख गंगालाल सुवेदीले जानकारी दिए।

मंगलबारदेखि मतगणना छिटो भएको जानकारी दिँदै उनले अब दुई दिनमा नतिजा सार्वजनिक हुने बताए। महानगरपालिकाको अहिलेसम्म ८० हजार मत गणना भइसकेको छ। वैशाख ३१ गते भएको निर्वाचनमा पोखरा महानगरपालिकामा १ लाख २५ हजार मत खसेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.